लहान । सिराहा जिल्लाको लहान नगरपालिका वडा नं १२ र २२ मा पर्ने ऐतिहासिक सलहेश फुलवारी मेला यस वर्ष नलाग्ने भएको छ । प्रत्येक नयाँ वर्षको अवसरमा बैशाख १ गते लाग्ने सलहेश फुलवारी मेला यस वर्ष नलगाउने निर्णय गरिएको छ । शलहेश फुलवारी मेलाको विशेष आकर्षण नयाँ बर्ष बैशाख १ गते मात्र फुल्ने फुल हो जुन फुल वर्षको एक पटक मालाको आकारमा हारमको रुखमा फुल्ने गर्दछ । विश्वभर कोरोना भाइरस (कोभिड–१९)का कारण देशभर लागू भएको लकडाउनका कारण जिल्ला प्रशासन कार्यलय सिरहा, सुरक्षा निकायका प्रमुख तथा स्थानीय सरकारहरूले सलहेश फुलवारी मेला नगराउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी सरोज गुरागाईले जानकारी दिनभयो । त्यस्तै सिराहा जिल्लामा रहेको पकडिया गढ, मानिक दह ,धमनीमाई मेला , पत्तारी मेला लगायत जिल्ला भर विभिन्न स्थानमा लाग्ने मेला तथा महोत्सवहरु पनि स्थगित गरिएको छ ।